एमालेको ‘सङ्कल्प यात्रा’ सफल भयो : ईश्वर पोखरेल « Khabarhub

एमालेको ‘सङ्कल्प यात्रा’ सफल भयो : ईश्वर पोखरेल


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन् ।

प्रेस चौतारी झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको यो यात्रा सफल भएको बताए ।

‘यो यात्रा कसैका विरुद्ध थिएन’ उनले भने, ‘आम जनताले यात्राका क्रममा देखाएको अपार सहभागिताले मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन् । तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ ।’

सङ्कल्प यात्राका क्रममा मध्यपहाडी जनताको चाहना बुझ्ने र उनहरुको सुझाव लिने एमालेको लक्ष्य पूरा भएको जनाउँदै उहाँले जनता एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गरे ।

रोजगारी र विकासको अभावमा पहाडका जनता गाउँ रित्याएर बसाइँ सरिरहेको देखिएको हुँदा अब पहाडमा के कस्तो विकास चाहिन्छ भन्ने विषयमा एमालेले यात्राबाट यथार्थ जानकारी हासिल गरेको उनले बताए ।

सङ्कल्प यात्रामा आम जनतासँगै सुरक्षाकर्मी र अन्य राजनीतिक दलबाट समेत राम्रो सद्भाव प्राप्त भएको उनको भनाइ थियो । उनले सोचेभन्दा राम्रो उपलब्धि भएको धारणा व्यक्त गर्दै सङ्कल्प यात्राबाट प्राप्त अनुभवका आधारमा निकट भविष्यमा एमालेले आगामी दिनमा गर्नुपर्ने कार्यको व्यवस्थित विवरण सार्वजनिक गर्ने जानकारी दिए।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ८ : ४२ बजे

संसदमा परराष्ट्रमन्त्रीले भने : बाढीपछि उद्धारमा १३ हेलिकप्टर परिचालन गरेका छौँ

काठमाडौं– सरकारले तिब्बतबाट नेपालतर्फ आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका

विनाशकारी बाढीपछि केरूङमा चिनियाँ उपप्रधानमन्त्री झाङ गुओछिङ

काठमाडौं- चीनको तिब्बततर्फबाट ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीपछि चीनले

भारत, चीन र विश्व बैंकले सोधे- ‘कस्तो सहयोग कहाँ पठाऊँ ?’

काठमाडौं– विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग

गत आर्थिक वर्षमा २३ खर्ब बढी भित्रियो रेमिट्यान्स

काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब बढी

गुहारको आवाज आउँछ, तर टुलुटुलु हेर्‍यो, बस्यो : तेम्पा छिरिङ तामाङ

काठमाडौं– रसुवामा बुधबार बिहान आएको बाढीपछि टिमुरे र स्याफ्रुबेंसीमा फसेका