इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते « Khabarhub

इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

कोनाक्री – गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि बिस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् ।

आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ ।

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो ।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताउनुभएको छ । घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ । सन् २०२१ मा भएको ‘कू’ पछि सत्ता कब्जा गरेका सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : १९ बजे

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ