इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते | Khabarhub Khabarhub

इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

कोनाक्री – गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि बिस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् ।

आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ ।

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो ।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताउनुभएको छ । घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ । सन् २०२१ मा भएको ‘कू’ पछि सत्ता कब्जा गरेका सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गर्नुभएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : १९ बजे

साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ

एनओ अमेरिकी समितिमा नयाँ नेतृत्व

काठमाडौं– विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन

जेन-जी आन्दोलनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै पालिकातिर एमाले, यस्ता छन् सात नारा

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तरिम

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा