इरानमा प्रदर्शनकारीलाई यातना र मृत्युदण्ड दिएर मारिदैँ | Khabarhub Khabarhub

इरानमा प्रदर्शनकारीलाई यातना र मृत्युदण्ड दिएर मारिदैँ

आफूलाई मारिएपछि आमालाई खबर नसुनाउन कराँते च्याम्पियन करिमीको अन्तिम आग्रह


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -चार महिना अगाडी नै इरानमा भएको प्रदर्शनमा संलग्न भएको कारण चार युवालाई कारबाही गरिएको छ । त्यसअघि १८ जनालाई मृत्यु दण्ड नै दिइएको थियो । मानव अधिकारकर्मीले यसलाई गलत ठहर गरेका छन् । गिरफ्तार भएको ६५ दिन पछि ७ जनवरीका दिन २२ वर्षीय कराँते च्याम्पियन मोहम्मद मेहदी करिमीलाई झुन्ड्याइएको थियो ।

उनलाई आफ्नो बचाउको निम्ति बयान दिन अदालतमा १५ मिनेटको मात्र समय दिइएको थियो । इरानमा चलिरहेको सत्ता विरोधी प्रदर्शनकारीलाई तर्साउने र आतङ्क मच्चाउन सरकारले गरेको हर्कतलाई यसले प्रमाणित गरेको छ । हेड स्कार्फ नलगाएको कारण सरकारले हिरासतमा राखेको ज्यादतीका २२ बर्सिया मसाहा अमिनीको निधन भए पछि इरानमा चलेको विद्रोह र त्यस विद्रोहलाई दबाउन सरकारबाट गरिएको ज्यादतीका सयौँ पिडादायक कथा र घाउ छन् । तीनै घाउ मध्यको एउटा घाउ यो पनि हो ।

अमिनीको मृत्यु पछि भएका हरेक प्रदर्शन बढ्दो छ । इरानमा जनआक्रोश थामी नसक्नु छ । इरान अन्तर्राष्ट्रिय समुदायको नजरमा समेत घृणाको पात्र बनेको छ । नर्वे केन्द्रित संस्था इरान ह्युमन राइट वाचले दिएको जानकारी अनुसार यसबिचमा राज्य पक्षबाट ४सय ८१ जनाको हत्या भएको छ ।

३ नोभेम्बरका दिन राजधानी तेहरानको पश्चिममा रहेको सहर हराजमा भएको प्रदर्शनकै क्रममा त्यहाँका संसद् सदस्यको ज्यान गएको थियो । त्यसै आरोपमा करिमीलाई गिरफ्तार गर्दै मुद्दा चलाइएको थियो ।

उनलाई पछि भ्रष्टाचारको मुद्दा समेत लगाइएको थियो । ३० नोभेम्बरमा तेहरानको रेभुलेसनरी अदालतमा सुनुवाइ भएको थियो । यसमा ३ बच्चा सहित १६ जनालाई आरोप लगाइएको थियो ।

तेहरानमा प्रतिवादीलाई पहिले नै अपराधीको रूपमा व्यवहार गरिन्छ । यस खाले मुद्दामा त उनीहरूले आफ्नो वकिल राख्न समेत पाउँदैनन् । सञ्चारकर्मी र प्रतिवादी पक्षका परिवार अदालतमा प्रवेश पाउन असमर्थ छन् । बन्द ढोका भित्र हुने त्यो बहस बाहिर झ्यालबाट फाटफुट हेर्न पाइन्छ ।

त्यहाँ देखाइएको एउटा भिडियोमा सांसद सदस्यलाई ढुङ्गा हान्ने भिडमा हल्का करिमी पनि हो की भन्ने जस्तो देखिन्छ । उनको निम्ति राखिएको वकिलले यसको प्रतिकार गरेनन् । उनले उल्टो न्यायाधीशसँग माफी माग्न भने । यस पछि करिमी आफू ठगिएको महसुस गर्दै थचक्क बसेका थिए ।

५ डिसेम्बरका दिन करिमीलाई मृत्यु दण्डको फैसला सुनाइयो । उनका ४ साथीलाई पनि मृत्यु दण्ड नै सुनाइयो । न्यायालयका अनुसार ३ बच्चा र अन्य ८ लाई लामो समयका लागि जेल चलान गरियो ।

सडकमा टिस्यु पेपर बेच्ने काम गर्ने उनका बाबु मसालाह करिमी मृत्यु दण्ड दिइनु एक दिन अघि छोराले फोन गरेर रोएको बताउँछन् । उनले आफूलाई मृत्यु दण्ड दिएको बताउँदै आमालाई यो कुरा नभन्नका लागि अनुरोध गरेका थिए ।

करिमी हिरासतमै रहेको समयमा विपीइ अभियन्ता समूह १५०० तस्बिरले उनले यातना पाएको धेरै तस्बिर सामाजिक सञ्जालमा राखेको थियो । जेलमा साथीहरूसँग बसेर गफ गरी रहेको समयमा पनि उनलाई पिटेर बेहोस पारिएको थियो । धेरै पटक जेलमा नै उनी मरेको भन्ठानेर कतै झाडीमा लगेर फ्याँक्ने योजना पनि गार्डहरूले नबनाएका होइनन् । तर, उनी जिउँदै देखेर त्यत्तिकै हिँडेका थिए ।

सुरक्षा निकायले प्रत्येक दिन उनको गुप्तांगमा चलाउने र बलात्कारको धम्की दिने गरेको कुरा पनि त्यसै एकाउन्टमा उल्लेख गरिएको छ । इरानको कानुनी व्यवस्था अनुसार तल्लो तहको अदालतले मृत्यु दण्डको फैसला सुनाएमा पुनरावेदनका लागि सर्वोच्च अदालतसम्म पुग्न सकिने व्यवस्था छ । सर्वोच्चले एक पटक मृत्यु दण्डलाई सदर गरे पनि अर्को एक पटक यसलाई सच्याउनका लागि भनेर निवेदन दिन सकिन्छ ।

मोहम्मदका बाबुले स्थानीय कानुन अधिकारीसँग यसका लागि अनुरोध गरे पनि कसैले उनको रुवाइको मतलब नै गरेनन् । यस पछि करिमी परिवार इरानमा परिचित मानव अधिकारवादी कानुन व्यवसायी मोहम्मद हुसेन अगासीकसम्म पुगेको थियो । “मोहम्मदले मलाई जेलबाट नै फोन गरेर पटक सहयोग गर्न भनेका थिए । उनको परिवारले पनि यस कुरा राखेका थिए”, आगासीले भने ।

आगासीले तल्लो अदालत तथा सर्वोच्च अदालतमा यस कुरालाई बारम्बार राखेका थिए । तथापि उनको प्रस्तावलाई बारम्बार लत्त्याइएको थियो । सर्वोच्चको कुनै निर्णयका बारे छलफल नहुने कुरा जनाउँदै सरकारी कानुन अधिकारीहरूले यसलाई अस्वीकार गरेका थिए । अधिकारीले फास्ट ट्र्याकबाट गरिएको सुनुवाइमा यस्ता कुनै अपिल र पुनरावेदनको सम्भावना नहुने जिकिर गर्दै आगासीका हरेक प्रयासलाई निरर्थक बनाए ।

त्यसै आरोपमा करिमीसँगै गिरफ्तार गरिएका बच्चाहरूका स्वयंसेवक प्रशिक्षक ३९ वर्षीय सायद मोहम्मद हसनेलाई पनि ७ जनवरीका दिन गिरफ्तार गरियो । उनको अभिभावकको निधन भइसकेका कारण सामाजिक सञ्जालमा उनको जीवन बचाउनका लागि कसैले पनि आवाज उठाएन । तथापि धेरै इरानीहरूले आफूहरू सबै मोहम्मदको परिवार भएको उल्लेख गरी रहे ।

अदालतमा सुनुवाइ हुने भए पछि मानसिक अवस्था ठिक नभएका हुसेनीले स्वतन्त्र कानुनी प्रतिनिधि पाएका थिए । कानन व्यवसायी अलि सरिफ जादेह अर्दाकानीले पछि जेलमा गएर उनलाई भेटेका थिए । यसै कुरा पछि उनले ट्विट पनि गरेका थिए ।

अर्दाकानीले बताए अनुसार उनलाई पनि अत्यधिक यातना दिइएको थियो । उनी जेलमा पुगेको समयमा पनि चरम यातनाले बारम्बार रोएका थिए । थुप्रै पटक आँखाका पट्टी बाँधेर उनलाई लात्तीले हिर्काइएको थियो । सोही हिर्काइ सहन नसकेर कति पटक त उनी बेहोस नै भएका थिए ।

अर्दाकानीले सर्वोच्चले गरेको निर्णयमा फेरी बहस गर्न भन्दै निवेदन दिए पछि उनलाई ७ जनवरीका दिन बोलाइएको थियो । ७ जनवरीमा त्यहाँ पुग्दा त उनलाई झुन्ड्याइ नै सकिएको थाहा पाए । ती कानुन व्यवसायी अहिले कसैको पनि सम्पर्कमा छैनन् । धेरै सामाजिक सञ्जालमा हुसेनी गिरफ्तार भएको दृश्य देख्न सकिन्छ ।

मानव अधिकार निकाय अहिले इरानको न्यायालयले पनि जबरजस्ती बल प्रयोग गर्न थाले पछि आजित भएको छ । स्थानीय तहमा छानिएका कानुन व्यवसायीले उनीहरूलाई बचाउन भन्दा पनि दबाउन धेरै भूमिका निर्वाह गर्ने गरेका छन् । यस कारण अदालतमा गएको यस्ता मुद्दामा कुनै पनि प्रतिवादी सही भए पनि न्याय पाउने सम्भावना रहँदैन ।

मानव अधिकारकर्मीकै अनुसार थप १सय ९ जना मृत्यु दण्डको जोखिममा छन् । उनीहरूको पक्षमा कसैले बोल्ने वातावरण समेत छैन । किनकि अन्यत्र बोलेर उनीहरूको जीवन जोगिने वाला छैन । अदालतमा कसैले बोल्ने छैन ।

६० जनाको तथ्याकं निकाल्दा उनीहरूको औसत उमेर २७ वर्षको छ । तीन जनाका १८ वर्ष भन्दा मुनिका छन् । हुसेनी र करिमीको मृत्युदण्ड पछि पश्चिमा देशहरूले इरानमा तत्काल मृत्यु दण्डका कानुन हटाउनु पर्ने आवाज निकालेका थिए ।

यसरी आवाज उठेको एक साता पनि नबित्दै बेलायत र इरानको दोहोरो नागरिकता भएका अलीरेजा अकबारीलाई पनि झुन्ड्याइएको समाचार सरकारले नै सार्वजनिक गरियो । उनलाई संलग्न नै नभएको विषयमा दोषी ठहर गरिएको हो । उनलाई दिइएको यातनाको भिडियो पनि सार्वजनिक भएको छ । मसलाह करिमीले आफ्नो छोराको तस्बिर सहित रोएको दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

उनलाई छोराले भनेको कुरा याद छ, “यो कुरा आमालाई नभनी दिनु ।” तर, बारम्बार छोराको बारे सोधी खोजी गर्ने उनकी पत्नीसामु यो कुरा सधैँ लुकाउन पनि त सम्भव छैन ।

(श्रोत : बीबीसी, ह्युमन राइट वाच)

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ५७ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित