इसा अवार्ड पाएकोमा डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई « Khabarhub

इसा अवार्ड पाएकोमा डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्डका लागि छनौट भएकोमा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत डा. रुइतको मानव कल्याणको क्षेत्रको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्। ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

वरिष्ठ नेत्र चिकित्सक डा. रुइतले मंगलबार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कारको पाँचौँ संस्करण पाउने घोषणा गरिएको थियो। सो पुरस्कार
१० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब नेपाली रुपैयाँ बराबरको छ।

यसअघि रुइत सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार र सन् २०१८ मा भारत सरकारको पद्मश्री सम्मानबाट सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : १७ बजे

उपरथीद्वय पदमबहादुर र पवनलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बूढा र पवन खत्रीलाई

इरानसँग वार्ताका लागि इस्लामाबाद पुग्दै अमेरिकी टोली, यस्ता छन् मुख्य ४ एजेन्डा

इस्लामाबाद- अमेरिका र इरानबीचको वार्ता शनिबार इस्लामाबादस्थित आलीशान होटल सेरेनामा

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति