हत्या अभियोग लागेका सांसद उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण « Khabarhub

हत्या अभियोग लागेका सांसद उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरेका थिए।

जारी बैठकले सभामुख चयन गर्दै छ। सभामुख पदमा देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : १३ बजे

उत्तर अफगानिस्तानमा १० जना अपराधी पक्राउ

एजेन्सी- अफगानिस्तानको उत्तरी तखार प्रान्तमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा

कोशी प्रदेश सरकारले पहिचान पक्षधरलाई छलफलका लागि बोलायो

विराटनगर – प्रदेशको नामकरणविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर प्रचण्ड र बाबुरामविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग

सर्बिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – सर्बिया पठाइदिने भन्दै १२ लाख ठगी गर्ने व्यक्तिलाई

हतियार खरिदसम्बन्धी समाचारप्रति रक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ – रक्षा मन्त्रालयले केही दिनयता विभिन्न सञ्चार माध्यममा हातहतियार