प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको प्रकिया चल्दै « Khabarhub

प्रतिनिधिसभाको बैठकमा सभामुख चयनको प्रकिया चल्दै


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया चलिरहेको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा आज सभामुख चयनका लागि मतदानको कार्यसूची छ।

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले घिमिरेलाई प्रस्ताव गर्दा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले समर्थन गरेका छन्।

यसैगरी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्यौपानेलाई प्रस्ताव गर्दा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले समर्थन गरेका छन्।

अहिले दुबै प्रस्तावमाथिको संक्षिप्त छलफल जारी छ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : २८ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज