ट्रस टर्मिनल भवन नहुँदा मुगु विमानस्थलमा समस्या « Khabarhub

ट्रस टर्मिनल भवन नहुँदा मुगु विमानस्थलमा समस्या


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – हवाइ सेवाको मेरूदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन ताल्चा मुगुमा निर्माण नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण हुनुपर्ने भए पनि हालसम्म निर्माण सुरु हुन नसकेको सरोकारवाला बताउँछन्।

ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो। २०६० सालदेखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा कालोपत्रे गरे पनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ।

ओमबुद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्न २०७६ असोज १६ मा ३० महिनाभित्र आठ करोड ६५ लाख नौं हजार ९९४ रुपैयाँको लागतमा काम सम्पन्न गर्छु भन्दै ठेक्का लिएको थियो। नागरिक उड्डयन प्राधिकरण एरोड्म इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ।

रारा नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवा प्रवाह गरिरहनु परेको बताए। सामान्य हावाहुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्या बनाएको उनले बताए।

ओमबुद्ध इन्टरनेश्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : ५७ बजे

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड ।

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

चार देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं – नेपालका लागि चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले