ट्रस टर्मिनल भवन नहुँदा मुगु विमानस्थलमा समस्या « Khabarhub

ट्रस टर्मिनल भवन नहुँदा मुगु विमानस्थलमा समस्या


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – हवाइ सेवाको मेरूदण्डको रुपमा रहेको ट्रस टर्मिनल भवन ताल्चा मुगुमा निर्माण नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण हुनुपर्ने भए पनि हालसम्म निर्माण सुरु हुन नसकेको सरोकारवाला बताउँछन्।

ओमबुद्ध इन्टरनेसनल कन्स्ट्रक्सनले समयमै काम नगर्दा ट्रस टर्मिनल भवन अलपत्र परेको हो। २०६० सालदेखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा कालोपत्रे गरे पनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ।

ओमबुद्धले आधुनिक ट्रस टर्मिनल भवन निर्माण गर्न २०७६ असोज १६ मा ३० महिनाभित्र आठ करोड ६५ लाख नौं हजार ९९४ रुपैयाँको लागतमा काम सम्पन्न गर्छु भन्दै ठेक्का लिएको थियो। नागरिक उड्डयन प्राधिकरण एरोड्म इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीले दिएको जानकारीअनुसार आयोजनाको ६० प्रतिशत मात्र काम भएको छ।

रारा नागरिक उड्यन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवा प्रवाह गरिरहनु परेको बताए। सामान्य हावाहुरी तथा अन्य कारणले सेवा प्रवाहमा दैनिक समस्या बनाएको उनले बताए।

ओमबुद्ध इन्टरनेश्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताए।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १२ : ५७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते