गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू-उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो ।  

पालिकामा रहेका आठवटै वडाका भू-वर्गीकरण गरी कृषिक्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिए । उनका अनुसार सिस्ने गाउँपालिकाको वडा नं १ अन्तर्गतको पोढलगैरा, बासिपधेँरा, बरापुनी, ठूलागैरा, उदानब, रतुमारे, पाग, स्यालखोला, झरसादि, टाढार, दमार, कुलाक्षेत्रफुलचाउलेलाई कृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ । 

त्यस्तै वडा नं २ को छिपखोला, किदा, प्वाङ, रङ्गेनी, लैपा, तुवाङ, कुचिवाङ कुरिपाटी, दत्कुनासुद्रि क्षेत्रको पनि भू-वर्गीकरण गरिएको छ । त्यस्तै वडा नं ३ मा मूलपानी, लेख, घारिपागाको भूभागलाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको छ । वडा नं ४ वडामा औलाचौर, दादिङ, रातामाटा र काडाँटोललाई कृषि क्षेत्रमा विभाजन गर्दा वडा नं ५ को धाउने क्षेत्रलाई अद्यौगिक क्षेत्रको रुपमा वर्गीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।

सिस्ने ५ कै औलाबाङ, टापुखेत, रुलिखोला, सिमखेत, तल्लो ह्याप्ला, सिमलबोट, काफलधारा, पासरखेत, चोताबारी, तामाघारी तथा वडा नं ६ को लुस्पा, सेराखेत, कुत्मा सानीपनेरी, वडा नं ७ को नाथिगाड, सान्चौरचिसापनि, वडा नं ८ को राजखेत, खरमखोलाजलाले क्षेत्रलाई कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।  

सिस्ने जिल्लामा भू-वर्गीकरण गर्ने पहिलो पालिकासमेत बनेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मङ्सिर २३ गतेसम्म देशभरका पालिकालाई जग्गाको वर्गीकरण गर्नको लागि समयसीमा दिए तापनि जिल्लामा कुनै पालीकाले अहिलेसम्म वर्गीकरण गर्नसकेका थिएनन् । यसले गर्दा जग्गाको कित्ताकाट पनि रोकिएको थियो । जसकारण राजस्व संकलनदेखि जग्गाको कारोबारमा प्रत्यक्ष असर परेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए।

गाउँपालिकाले गरेको जग्गा वर्गीकरणमा कसैको दाबी, विरोध भएको खण्डमा सम्बन्धित वडाध्यक्ष तथा सिस्ने गाउँपालिकाको भू-उपयोग परिषद्मा दाबी, विरोध र सुझाव दिन अध्यक्ष रेग्मीले आग्रह गरेका छन् । कृषियोग्य जग्गाको संरक्षण, खण्डिकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायत उद्देश्य राखी नेपाल सरकारले भूउपयोग नीति २०७२ पनि जारी गरिसकेको छ ।

हाल नेपाल सरकारबाट भूउपयोग नियमावली २०७९ लागू भइरहेकोले उक्त नीति, ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएकाले मन्त्रालयले परिपत्र गरेको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ४ : १५ बजे

शंकर पोखरेलतिर हेर्दै पूर्वराष्ट्रपतिले भनिन्- पार्टी सदस्यता नवीकरण पहिल्यै भइसकेको हो

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमाले नेपालको सबैभन्दा व्यवस्थित पार्टीका रुपमा

सुर्खेतमा डेंगीका बिरामी बढ्दै 

सुर्खेत– सुर्खेतमा डेंगी रोगका बिरामी रोगका बिरामी बढ्दै गएका छन्

सुनापतिको पर्यटन विकासका पूर्वाधारमा लगानी बढाइनुपर्ने

काठमाडौं– रामेछापको सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि

दोलखाको गैरीमुदी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-१ को गैरिमुदी स्वास्थ्य चौकीको

ईश्वर पोखरेल भन्छन्- पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गर्ने मै हुँ, पेन्डिङमा छैन

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी