गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण « Khabarhub

गाउँपालिकाद्वारा कृषि र गैरकृषि भूमि वर्गीकरण


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रुकुम– रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले पालिकाभित्र रहेका भूमिलाई कृषि र गैरकृषि गरी २ भागमा वर्गीकरण गरेको छ । गाउँपालिकाको स्थानीय भू-उपयोग परिषद्को माघ ३ मा बसेको बैठकबाट भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियमावली २०७९ बमोजिम ४ किल्लासहित कृषि क्षेत्र र अन्य क्षेत्रलाई गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको हो ।  

पालिकामा रहेका आठवटै वडाका भू-वर्गीकरण गरी कृषिक्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहले जानकारी दिए । उनका अनुसार सिस्ने गाउँपालिकाको वडा नं १ अन्तर्गतको पोढलगैरा, बासिपधेँरा, बरापुनी, ठूलागैरा, उदानब, रतुमारे, पाग, स्यालखोला, झरसादि, टाढार, दमार, कुलाक्षेत्रफुलचाउलेलाई कृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको छ । 

त्यस्तै वडा नं २ को छिपखोला, किदा, प्वाङ, रङ्गेनी, लैपा, तुवाङ, कुचिवाङ कुरिपाटी, दत्कुनासुद्रि क्षेत्रको पनि भू-वर्गीकरण गरिएको छ । त्यस्तै वडा नं ३ मा मूलपानी, लेख, घारिपागाको भूभागलाई कृषि क्षेत्रमा वर्गीकरण गरिएको छ । वडा नं ४ वडामा औलाचौर, दादिङ, रातामाटा र काडाँटोललाई कृषि क्षेत्रमा विभाजन गर्दा वडा नं ५ को धाउने क्षेत्रलाई अद्यौगिक क्षेत्रको रुपमा वर्गीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताए ।

सिस्ने ५ कै औलाबाङ, टापुखेत, रुलिखोला, सिमखेत, तल्लो ह्याप्ला, सिमलबोट, काफलधारा, पासरखेत, चोताबारी, तामाघारी तथा वडा नं ६ को लुस्पा, सेराखेत, कुत्मा सानीपनेरी, वडा नं ७ को नाथिगाड, सान्चौरचिसापनि, वडा नं ८ को राजखेत, खरमखोलाजलाले क्षेत्रलाई कृषि क्षेत्रको रुपमा वर्गीकरण गरिएको सिस्ने गाउँपालिकाले जानकारी दिएको छ ।  

सिस्ने जिल्लामा भू-वर्गीकरण गर्ने पहिलो पालिकासमेत बनेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मङ्सिर २३ गतेसम्म देशभरका पालिकालाई जग्गाको वर्गीकरण गर्नको लागि समयसीमा दिए तापनि जिल्लामा कुनै पालीकाले अहिलेसम्म वर्गीकरण गर्नसकेका थिएनन् । यसले गर्दा जग्गाको कित्ताकाट पनि रोकिएको थियो । जसकारण राजस्व संकलनदेखि जग्गाको कारोबारमा प्रत्यक्ष असर परेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए।

गाउँपालिकाले गरेको जग्गा वर्गीकरणमा कसैको दाबी, विरोध भएको खण्डमा सम्बन्धित वडाध्यक्ष तथा सिस्ने गाउँपालिकाको भू-उपयोग परिषद्मा दाबी, विरोध र सुझाव दिन अध्यक्ष रेग्मीले आग्रह गरेका छन् । कृषियोग्य जग्गाको संरक्षण, खण्डिकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत् कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति, दिगो पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायत उद्देश्य राखी नेपाल सरकारले भूउपयोग नीति २०७२ पनि जारी गरिसकेको छ ।

हाल नेपाल सरकारबाट भूउपयोग नियमावली २०७९ लागू भइरहेकोले उक्त नीति, ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएकाले मन्त्रालयले परिपत्र गरेको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ४ : १५ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई