‘परम्परागत मौलिक स्वरूपका घरको संरक्षण गर्नुपर्छ’ « Khabarhub

‘परम्परागत मौलिक स्वरूपका घरको संरक्षण गर्नुपर्छ’


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले परम्परागत र मौलिक स्वरूपका घरहरूको संरक्षण गर्नुपर्ने बताएका छन् । पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा बिहीबार दत्तात्रयमा आयोजना गरेको जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा बिजुक्छेँले परम्परागत र मौलिक स्वरूपका घरहरूको लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै त्यस्ता घरहरूको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

उनले भवन निर्माणमा आधुनिक तथा नयाँ-नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घर लोप हुँदै गएको बताए । उनले देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको धारणा राखे। उनले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको खाँचो औँल्याए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक व्यवस्था मिलाउँदै आएको जानकारी दिए ।

ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङबाट विकास निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणका लागि राष्ट्रियरूपमा टेवा पुर्‍याउँदै आएको बताए । नगरप्रमुख प्रजापतिले नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्ने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूकम्पलगायत विपद्का बेला सुरक्षित बसोबासका लागि खुला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताए । कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवाल, उपप्राचार्य रत्नशोभा प्रजापतिले भूकम्प प्रतिरोधी क्षमता विकास गर्न भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र भूकम्प विषयमा स्नातकोत्तर विषयको अध्ययन अध्यापन सञ्चालन गरेकै कारण यस किसिमको शैक्षिक प्रदर्शनी गर्न सफल भएको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ६ : ०६ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका