'परम्परागत मौलिक स्वरूपका घरको संरक्षण गर्नुपर्छ' | Khabarhub Khabarhub

‘परम्परागत मौलिक स्वरूपका घरको संरक्षण गर्नुपर्छ’


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले परम्परागत र मौलिक स्वरूपका घरहरूको संरक्षण गर्नुपर्ने बताएका छन् । पच्चीसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङले संयुक्तरूपमा बिहीबार दत्तात्रयमा आयोजना गरेको जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रममा बिजुक्छेँले परम्परागत र मौलिक स्वरूपका घरहरूको लोप हुन लागेकामा चिन्ता व्यक्त गर्दै त्यस्ता घरहरूको संरक्षण गर्नुपर्ने बताएका हुन् ।

उनले भवन निर्माणमा आधुनिक तथा नयाँ-नयाँ प्रविधि प्रयोग बढेसँगै मौलिक घर लोप हुँदै गएको बताए । उनले देखावटीको निम्ति मात्र पुरानो शैलीको घर निर्माण गर्नु गलत भएको धारणा राखे। उनले माटो जोडाइ, ढुंगा र काठ तथा प्राकृतिक स्रोतको प्रयोगबाट मौलिक शैलीमा घर निर्माण गर्नेतर्फ अनुसन्धानको आवश्यकता रहेको खाँचो औँल्याए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड तयार गरी भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक व्यवस्था मिलाउँदै आएको जानकारी दिए ।

ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङबाट विकास निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी बलियो र भरपर्दो निर्माणका लागि राष्ट्रियरूपमा टेवा पुर्‍याउँदै आएको बताए । नगरप्रमुख प्रजापतिले नपाले प्रत्येक वर्ष भवन निर्माण कार्यमा संलग्न डकर्मी, सिकर्मीलगायत प्राविधिकलाई भूकम्प प्रतिरोधी प्रविधिसम्बन्धी तालिम प्रदान गर्ने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भूकम्पलगायत विपद्का बेला सुरक्षित बसोबासका लागि खुला क्षेत्र र सार्वजनिक ठाउँको संरक्षणमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने बताए । कलेजका प्राचार्यद्वय सुजन माक र सुनिल दुवाल, उपप्राचार्य रत्नशोभा प्रजापतिले भूकम्प प्रतिरोधी क्षमता विकास गर्न भूकम्पसम्बन्धी अध्ययन, अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र भूकम्प विषयमा स्नातकोत्तर विषयको अध्ययन अध्यापन सञ्चालन गरेकै कारण यस किसिमको शैक्षिक प्रदर्शनी गर्न सफल भएको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ६ : ०६ बजे

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस