विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा « Khabarhub

विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्रदेशको राजधानी विराटनगरलाई सफा र सुन्दर बनाउन सहयोगको अपेक्षा गरे । महानगरपालिकाको आग्रहमा नियमित कार्यालय प्रमुखको बैठकमा उनले प्रदेशको राजधानी विराटनगर भएकाले यहाँका सबै सरकारी कार्यालय व्यवस्थित एवं फोहरमुक्त हुनुपर्ने आग्रह गरे। विराटनगर पर्यटन, शिक्षा र स्वास्थ्यको केन्द्र बन्दै गएकाले यसको आमूल परिवर्तन हुनु आवश्यक छ भने। महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरलाई सफा, हराभरा एवं सुन्दर बनाउन योजनाबद्धरुपमै लागिपरेको बताइन्।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विगतको भन्दा अहिले जिल्लास्थित सेवाप्रदायक कार्यालयबाट सेवाग्राही सन्तुष्ट भएर जाने गरेकाले यसलाई निरन्तरता दिन कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले राष्ट्रसेवक कर्मचारीले काम, व्यवहार र परिणामबाट जनतालाई सन्तुष्ट पार्नुपर्ने भन्दै सरकारका नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइराला, सुनसरी मोरङ सिँचाइ आयोजनाका प्रमुख भिलानन्द यादव, जिल्ला शिक्षा समन्वय एकाइ मोरङका टङ्क गौतम,  महानगरपालिका सरसफाइ महाशाखाका संयोजक पुनम दाहाल, राजस्व तथा कर महाशाखा प्रमुख सरोज गौतमले महानगरका विविध पक्षमा चर्चा गरे । 

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ७ : ५९ बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको