राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री « Khabarhub

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौँ : प्रधानमन्त्री


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गराउन कोशिस जारी राख्ने बताए ।

सत्ता साझेदार दल र आफूले पनि राष्ट्रपतिमा सबै दलहरुबीच समझदारी बनाउने पहल गरिरहेको जनाउँदै उहाँले राष्ट्रपतिको निर्वाचन आउने दिनसम्म राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गरे ।

“राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस गरिरहेका छौँ”, प्रधानमन्त्री दाहालले भने, “हामी त्यो कोशिस जारी राख्नेछौँ ।”

प्रतिनिधिसभाको सभामुखमा पनि सबै दलहरुबीच साझा समझदारी बनाउने प्रयास भए पनि अन्तिम समयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभामा आज भएको मतदानमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित भएका छन् ।

“आज सभामुखको निर्वाचन भयो । सबै कुरा तपाईंहरुले थाहा पाइहाल्नुभयो । हामी सत्ता साझेदार सबै एकै ठाउँमा उभियौँ । अब प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, प्रतिस्पर्धा भयो । बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ । पर्सी निर्वाचन हुन्छ । यही प्रक्रियाअनुसार नै निर्वाचन हुन्छ”, उनले भने ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ८ : ०९ बजे

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट