सबै जातजाति समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल « Khabarhub

सबै जातजाति समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति समुदायका मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको बताएका छन्।

नेपाल तामाङ सङ्घ (समाजवादी) द्वारा २८५९औँ सोनाम ल्होछारको पूर्वसन्ध्यामा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक र बहुसंस्कृति भएको राष्ट्रमा परम्परागत रुपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले यसले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्ने बताउँदै सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । राष्ट्रको विकास र समृद्धिका लागि विभेदमा परेका वर्ग, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई समावेशी ढङ्गबाट राज्यको मूलधारमा ल्याउन संविधानमा उनीहरुको प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  १० : २८ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ