बालाजु घटना : पक्राउ परेका ४० जनामाथि अनुसन्धान सुरु « Khabarhub

बालाजु घटना : पक्राउ परेका ४० जनामाथि अनुसन्धान सुरु


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १ फागुनमा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने र प्रहरीको सवारीसाधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन् ।

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुई वटा भ्यानमा आगलागी भएको थियो भने लोत्से मल तोडफोड गरेर मोबाइल पसल लुटपाट गरिएको थियो । सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर संगठनले सवारी साधन बन्दको घोषणा गरेका थिए। पछि सरकारसँगको सहमतिमा आन्दोलन फिर्ता लिए।

पीडित व्यापारीले भने पसल तोडफोड गर्नेलाई हिरासतमा लिई अनुसन्धान गर्न माग राखेका थिए । आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए। साथै, प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएका थिए । आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमासमेत आगो लगाइएको थियो।

‘प्रहरीको भ्यान आगजनी गर्ने र मल तोडफोड गरी चोरी गर्ने थप केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछौ,’ प्रवक्ता रिजालले सञ्चारकर्मीसँग भनेका छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : २२ बजे

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा

लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार

उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ

जलेश्वर (महोत्तरी) । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो