बालाजु घटना : पक्राउ परेका ४० जनामाथि अनुसन्धान सुरु « Khabarhub

बालाजु घटना : पक्राउ परेका ४० जनामाथि अनुसन्धान सुरु


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – १ फागुनमा नयाँ बसपार्कस्थित लोत्से मलमा तोडफोड गरी लुटपाट गर्ने र प्रहरीको सवारीसाधन आगजनीमा संलग्न ४० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

आगजनी र तोडफोडमा संलग्न २९ र मोबाइल लुटपाटमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिएका छन् ।

गत १ फागुनमा यातायात मजदुर आन्दोलनका नाममा प्रहरीका दुई वटा भ्यानमा आगलागी भएको थियो भने लोत्से मल तोडफोड गरेर मोबाइल पसल लुटपाट गरिएको थियो । सो तोडफोड र लुटपाटको घटना पछि यातायात मजदुर संगठनले सवारी साधन बन्दको घोषणा गरेका थिए। पछि सरकारसँगको सहमतिमा आन्दोलन फिर्ता लिए।

पीडित व्यापारीले भने पसल तोडफोड गर्नेलाई हिरासतमा लिई अनुसन्धान गर्न माग राखेका थिए । आन्दोलनकारीले लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोनलगायत सामग्री लुटपाट गरेका थिए। साथै, प्रहरी वृत्त बालाजुको बा २ झ १४४ नम्बरको स्कार्पियो र बा १ झ ७२२४ नम्बरको गाडीसमेत जलाउनुका साथै बालाजु र माछापोखरी चोकको ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएका थिए । आन्दोलनका क्रममा बालाजु चोकको अस्थायी प्रहरी पोस्टमासमेत आगो लगाइएको थियो।

‘प्रहरीको भ्यान आगजनी गर्ने र मल तोडफोड गरी चोरी गर्ने थप केही व्यक्तिको पहिचान भइरहेको छ, उनीहरूलाई पनि चाँडै नियन्त्रणमा लिएर अनुसन्धान गर्नेछौ,’ प्रवक्ता रिजालले सञ्चारकर्मीसँग भनेका छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ९ : २२ बजे

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली

काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने