रिहा भएपछि चौधरीले भने- ‘ममाथि प्रतिशोध साँधियो’  « Khabarhub

रिहा भएपछि चौधरीले भने- ‘ममाथि प्रतिशोध साँधियो’ 


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारबाट आममाफी पाएपछि उनी आइतबार बिहान कारागारमुक्त भएका हुन् ।

उनलाई नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले कारागारमा पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भए पछि चौधरीले आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिए।

गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले गत माघ १९ गते बाँकेबाट पक्रेको थियो।  ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । उनीमाथि ३ भदौ २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको अभियोगमा सजाय सुनाइएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १२ : ३८ बजे

कांग्रेसको अगुवाइमा नागरिक अधिकार पाएका हौँ : सङ्ग्रौला

पाटन– राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली कांग्रेसको अगुवाइमा नेपालीको नागरिक

उज्बेक राष्ट्रपति आएका बेला इस्लामावादमा बम आक्रमण, ३१ जनाको मृत्यु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादको मस्जिदमा भएको आत्मघाती बम हमलामा परी

केपीको तालमेल प्रस्तावले माधव-भीम बिच्किँदा पछि हटे प्रचण्ड

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच चुनावी तालमेल

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक,

समाचारबारे अनुगमन भइरहेको छ, आचारसंहिता कडाइसाथ लागू गर्छौँ : आयुक्त भण्डारी

भक्तपुर– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी