उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण | Khabarhub Khabarhub

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट क्रुद्ध भएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कदम चाल्ने धम्की दिएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली र जापानी सेनाका अनुसार क्षेप्यास्त्र छिमेकीहरूको इलाकामा नपुगोस् भन्ने ध्येयका साथ सावधानीपूर्वक प्रहार गरिएको थियो । एक घण्टामा अधिकतम पाँच हजार सात सय किलोमिटरको उचाइमा पुग्ने तथा करिब नौ सय किलोमिटर पर प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र प्योङयाङले परीक्षण गरेको हो ।

क्षेप्यास्त्रका जानकारहरूका अनुसार शानिबार परीक्षण गरिएको अन्तरमहादेशीय उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्राजस्तै थियो । अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको उक्त क्षेप्यास्त्रको हुनसक्ने उनीहरूको अनुमान छ ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले ओशिमा टापुबाट करिब दुई सय किलोमिटर पश्चिममा रहेको जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको क्षेप्यास्त्रबाट कुनै क्षति नभएको बताएका छन् । ओशिमा होक्काइडोको उत्तरी मुख्य टापुको पश्चिमी तटमा अवस्थित छ ।

यसैबीच अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले उक्त प्रक्षेपणबाट अमेरिकी कर्मचारी, क्षेत्र वा यसका सहयोगीहरूलाई तत्काल जोखिम नभएको बताएको छ भने ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्ले अनावश्यक रूपमा कोरियाली प्रायद्वीपमा तनाव बढाएको जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त परीक्षणबारे दक्षिण कोरिया र अमेरिकासँग निकट सम्पर्कमा रहेर कुराकानी गरिरहेको बताएका छन् । उत्तर कोरियाको पछिल्लो कार्यले अन्तर्राष्ट्रिय व्यवस्थालई उत्तेजित बनाएको बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  २ : ०४ बजे

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर– वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ वटा स्वचालित

नेपालसँग भिड्ने वेस्ट इन्डिजको टिम घोषणा : को को छन् खेलाडी ?

काठमाडौं – क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी-२० सिरिज खेल्ने टिमको

‘हेरा फेरी– ३’ बाट बाहिरिँदा तनाव बढेको परेश रावलको स्वीकारोक्ति

काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९