उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण « Khabarhub

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

अमेरिका र दक्षिण कोरियाको भावी संयुक्त सैनिक अभ्यासबाट क्रुद्ध भएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कदम चाल्ने धम्की दिएको भोलिपल्ट क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली र जापानी सेनाका अनुसार क्षेप्यास्त्र छिमेकीहरूको इलाकामा नपुगोस् भन्ने ध्येयका साथ सावधानीपूर्वक प्रहार गरिएको थियो । एक घण्टामा अधिकतम पाँच हजार सात सय किलोमिटरको उचाइमा पुग्ने तथा करिब नौ सय किलोमिटर पर प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र प्योङयाङले परीक्षण गरेको हो ।

क्षेप्यास्त्रका जानकारहरूका अनुसार शानिबार परीक्षण गरिएको अन्तरमहादेशीय उक्त क्षेप्यास्त्र गत नोभेम्बरमा उत्तर कोरियाले गरेको शक्तिशाली क्षेप्यास्त्राजस्तै थियो । अमेरिकी मुख्यभूमिसम्म प्रहार गर्ने क्षमताको उक्त क्षेप्यास्त्रको हुनसक्ने उनीहरूको अनुमान छ ।

जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले ओशिमा टापुबाट करिब दुई सय किलोमिटर पश्चिममा रहेको जापानको विशेष आर्थिक क्षेत्रभित्र खसेको क्षेप्यास्त्रबाट कुनै क्षति नभएको बताएका छन् । ओशिमा होक्काइडोको उत्तरी मुख्य टापुको पश्चिमी तटमा अवस्थित छ ।

यसैबीच अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डले उक्त प्रक्षेपणबाट अमेरिकी कर्मचारी, क्षेत्र वा यसका सहयोगीहरूलाई तत्काल जोखिम नभएको बताएको छ भने ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्ले अनावश्यक रूपमा कोरियाली प्रायद्वीपमा तनाव बढाएको जनाएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको कार्यालयले उत्तर कोरियाले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको छ । साथै उसले उत्तरको निन्दा गरेको छ । आर्थिक समस्या र खाद्यान्न समस्याबाट गुज्रिएको प्योङयाङले आणविक हतियार विकासलाई तीव्र गतिमा अघि बढाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्त्याएको टिप्पणी गरेको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त परीक्षणबारे दक्षिण कोरिया र अमेरिकासँग निकट सम्पर्कमा रहेर कुराकानी गरिरहेको बताएका छन् । उत्तर कोरियाको पछिल्लो कार्यले अन्तर्राष्ट्रिय व्यवस्थालई उत्तेजित बनाएको बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  २ : ०४ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने