२०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजारभन्दा धेरै पीडित « Khabarhub

२०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजारभन्दा धेरै पीडित


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा धेरै जना पीडित भएका पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको जनाएको हो ।

सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए । कार्यक्रममा सभामुख देवराज घिमिरेले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गरेका थिए । मानव अधिकार वर्ष पुस्तकमा सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ पुरुष र तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेको इन्सेकले जनाएको छ ।

कार्यक्रममा सभामुख घिमिरेले सांसदहरुले जनताको अधिकार स्थापीत गर्नका लागि गम्भीरताका साथ लाग्नुपर्ने बताए । संसदलाई जनाधिकारप्रति उत्तरदायी बनाउनका लागि अहिले थप चुनौति देखापरेको उनको भनाइ छ ।

त्यस्तै संसदलाई जनउत्तरदायी बनाउनका लागि सभामुखको हैसियताले आफूले आवश्यक काम गर्ने उनले बताए । सभामुख घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी आयोगको म्याद पटक पटक थप गर्दा पनि काम गर्न नसक्नु दुखद भएको र यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा इन्सेकका अध्यक्ष कुन्दन अर्यालले मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटनामा बृद्धि हुदा सरकार नागरिकप्रतिको दायित्वमा सचेत हुनुपर्ने बताए ।

इन्सेकले वर्ष पुस्तकमा दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा जनताको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन नसकेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममुखी तदारुकता नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : ४० बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट