जथाभावी फोहोर फाल्ने एनआईसी बैंकलाई ११ हजार रुपैयाँ जरिवाना « Khabarhub

जथाभावी फोहोर फाल्ने एनआईसी बैंकलाई ११ हजार रुपैयाँ जरिवाना


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वीरगञ्ज महानगरलाई स्वच्छ सफा बनाउने अभियानका क्रममा पटक पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एनआईसी एसिया बैंक वीरगञ्ज शाखा जरिवानामा परेको छ ।

महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा बैंकबाट आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एनआईसी एसिया बैंकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगञ्ज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगञ्ज महानगरपालिकाले चेतावनी दिएको छ ।

महानगरले विगत एक सातायता नगर क्षेत्र भित्र जथाभावी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ३९ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस