बेँसीशहर नगरपालिकाका २२७ जना सुत्केरीले पाए पोषण भत्ता « Khabarhub

बेँसीशहर नगरपालिकाका २२७ जना सुत्केरीले पाए पोषण भत्ता


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागू हुने गरी ल्याएको कार्यक्रम अन्तर्गत गत वर्ष २२७ जना सुत्केरीलाई पोषण भत्ता वितरण गरेको हो ।

अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलाहरुलाई बढी मात्रामा सन्तुलित भोजन तथा पोषणयुक्त खानको आवश्यक पर्ने हुँदा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको बेसीशहर नगरपालिकाले जनाएको छ ।

सुत्केरी अवस्थामा महिलाहरुका लागि पौष्टिक आहारको महत्त्व बारे सचेतना जनाउने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमअन्तर्गत नगरपालिकाले बेसीशहर नगरपालिकामा स्थायी बसोबास गर्ने सुत्केरी महिलालाई तिन हजार रुपैयाँ भत्ता वितरण गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखा मार्फत वडा–वडाको स्वास्थ्य संस्थासँग समन्वयमा सुत्केरी महिलाको विवरण संकलन गरी ६र६ महिनामा भत्ता वितरण गर्ने गरेको बेसीशहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोजसिह बोहोराले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ७९ जना सुत्केरीको विवरण संकलन भएको छ । उनीहरूलाई पनि पोषण खर्च उपलब्ध गराइनेछ । महिला सुत्केरी भए पछि सबै कागजपत्र वडामा बुझाउने र वडाका सिफारिसमा नगरपालिका स्वास्थ्य शाखामार्फत भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ४७ बजे

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय