बेँसीशहर नगरपालिकाका २२७ जना सुत्केरीले पाए पोषण भत्ता « Khabarhub

बेँसीशहर नगरपालिकाका २२७ जना सुत्केरीले पाए पोषण भत्ता


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागू हुने गरी ल्याएको कार्यक्रम अन्तर्गत गत वर्ष २२७ जना सुत्केरीलाई पोषण भत्ता वितरण गरेको हो ।

अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलाहरुलाई बढी मात्रामा सन्तुलित भोजन तथा पोषणयुक्त खानको आवश्यक पर्ने हुँदा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको बेसीशहर नगरपालिकाले जनाएको छ ।

सुत्केरी अवस्थामा महिलाहरुका लागि पौष्टिक आहारको महत्त्व बारे सचेतना जनाउने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमअन्तर्गत नगरपालिकाले बेसीशहर नगरपालिकामा स्थायी बसोबास गर्ने सुत्केरी महिलालाई तिन हजार रुपैयाँ भत्ता वितरण गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखा मार्फत वडा–वडाको स्वास्थ्य संस्थासँग समन्वयमा सुत्केरी महिलाको विवरण संकलन गरी ६र६ महिनामा भत्ता वितरण गर्ने गरेको बेसीशहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोजसिह बोहोराले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ७९ जना सुत्केरीको विवरण संकलन भएको छ । उनीहरूलाई पनि पोषण खर्च उपलब्ध गराइनेछ । महिला सुत्केरी भए पछि सबै कागजपत्र वडामा बुझाउने र वडाका सिफारिसमा नगरपालिका स्वास्थ्य शाखामार्फत भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ४७ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ