राजर्षि जनक कप फुटबलको उपाधि मछिन्द्रलाई « Khabarhub

राजर्षि जनक कप फुटबलको उपाधि मछिन्द्रलाई


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसी क्लबले जितेको छ । आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र एफसीले उपाधि हात पारेको हो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा मछिन्द्रका लागि विमल घर्ती र सुजल श्रेष्ठले गोल गरे ।खेलको २९ औँ मिनेटमा जावलाखेलका खेलाडीले डि-बक्स एरियानजिकै फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्ती मगरले गोल गरेपछि मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको ७८ औँ मिनेटमा सौरव लिम्बुको पासमा मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए।

मछिन्द्रका डिफेण्डर दिवाकर चौधरीको कमजोरीको फाइदा उठाउँदै खेलको ८२ औँ मिनेटमा विनोद केसीले गोल गरेपछि जावलाखेलले खेल २–१ को अवस्थामा ल्यायो।उपाधिसँगै मछिन्द्रले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको जावलाखेलले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ३२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने