राजर्षि जनक कप फुटबलको उपाधि मछिन्द्रलाई « Khabarhub

राजर्षि जनक कप फुटबलको उपाधि मछिन्द्रलाई


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसी क्लबले जितेको छ । आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र एफसीले उपाधि हात पारेको हो ।

बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा मछिन्द्रका लागि विमल घर्ती र सुजल श्रेष्ठले गोल गरे ।खेलको २९ औँ मिनेटमा जावलाखेलका खेलाडीले डि-बक्स एरियानजिकै फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्ती मगरले गोल गरेपछि मछिन्द्रले पहिलो हाफमा अग्रता बनाएको थियो। खेलको ७८ औँ मिनेटमा सौरव लिम्बुको पासमा मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए।

मछिन्द्रका डिफेण्डर दिवाकर चौधरीको कमजोरीको फाइदा उठाउँदै खेलको ८२ औँ मिनेटमा विनोद केसीले गोल गरेपछि जावलाखेलले खेल २–१ को अवस्थामा ल्यायो।उपाधिसँगै मछिन्द्रले १० लाख रूपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता बनेको जावलाखेलले ५ लाख रूपैयाँमा चित्त बुझाएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : ३२ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट