एक भारतीयको शिक्षा यात्रा | Khabarhub Khabarhub

एक भारतीयको शिक्षा यात्रा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत वर्ष युक्रेनमा अध्ययन गरी रहेका हजारौँ जना भारतीय स्वदेश फर्केका थिए। तीनै मध्येका एक ऋषि द्वीबेदी अहिले लवीवमा अध्ययनका लागि पुगेका छन्। ‘दिनको चार पटकसम्म साइरन बजेर ड्रोन या मिसाइल आक्रमण हुन आँटेको सङ्केत गरेका छन्,’ २५ वर्षीय द्वीबेदीले भनेका छन्। उत्तरी भारतीय प्रान्त उत्तर प्रदेशमा रहेको कनाऊ सहरका लवीव राष्ट्रिय स्वास्थ्य विश्वविद्यालयमा स्नातक तहको पाँचौँ वर्षमा अध्ययन गरिरहेका छन्।

गत वर्ष रुसले अध्ययन गरे पछि उद्धार गरिएका उनी यस वर्ष फेरि आफ्नो पढाइ पुरा गर्न त्यहाँ जाने निर्णय गरिएका हुन्। गत वर्ष स्वास्थ्य विज्ञानका एक विद्यार्थीको ज्यान गएपछि अल्झिएका २३ हजारलाई भारतले उद्धार गरेको थियो। ती मध्ये १८ हजार विद्यार्थी थिए।

यसरी फर्कनेमा धेरै जसो चिकित्सा शास्त्रका विद्यार्थी छन्। उनीहरू त्यहाँ गएर तत्काल पढाइ सक्ने र चिकित्सकको काम गर्ने योजनामा छन्। अहिले युक्रेनमा बसिरहेका १ हजार १ सय मध्येकै द्विबेदी एक हुन्। धेरै भारतीय युवाहरू अहिले लविवमा छन्। देशको पश्चिमी क्षेत्र उजगोकीए र टेर्नेबटोलीमा समेत मानिस भेला हुने गरेका छन्। धरै जसो युद्ध पूर्वी क्षेत्रबाट हुने गरेका छन्। यसरी फर्कने विद्यार्थीमा भारतीय मात्र छैनन्। संसारका अन्य धेरै देशका विद्यार्थी समेत छन्। अफ्रिकीहरू फर्कने क्रम त केही समय अघि नै सुरु भइसकेको हो।

‘हामीले पढाइ सक्नु साँच्चै आश्चर्यको विषय हुने छ। जब हेलिकोप्टर तथा प्लेन हाम्रो माथि घुमी रहेको हुन्छ। हामी राम्रोसँग सुत्न पनि सक्दैनौं,’ लवीवमा चौंथो वर्षमा अध्ययन गरी रहेकी सृष्टि मोसेस भन्छिन्। त्यहाँ अहिले ऊर्जाको संकट छ। देहरादुनका मोसेस बत्तीको सुविधाका लागि महंगो अपार्टमेन्टमा बसेकी छन्।

युद्धको यो जोखिमकाबीच पनि उनीहरू फर्कनु पर्ने बाध्यता पनि छ। धेरै जसो विद्यार्थी पढाइ सकिएपछि फर्कन चाहन्छन्। पढाइ सकिए पछि भारतको नियामक संस्था राष्ट्रिय मेडिकल काउन्सिलले अनुमति दिने गर्छ। भारत सरकारकै चाहना देशका धेरै चिकित्सक उत्पादन गर्ने हो।

भारतीय बाह्य मामला मन्त्रालयले फर्किएको विद्यार्थीको वैकल्पिक व्यवस्थाका बारे पनि सल्लाह गरेको थियो। गत जुलाईमा सरकारले गरेको निर्णयले ती व्यवस्था बन्द गरेको थियो। जुलाईमा स्वास्थ्य मन्त्रालयले विदेशमा रहेका कुनै पनि विद्यार्थीलाई भारतमा भिन्न सुविधा तथा कुनै कलेजमा बीचमा पढाउने व्यवस्था गर्न नसकिने बनाएको थियो। यो निर्णय भन्दा अघि युक्रेनबाट फर्किएका धेरै विद्यार्थीले भारतकै कलेजका अध्ययन गर्ने चाहना राखेका थिए।

हंगेरीको सीमा नजिक रहेको टर्नोपिल मेडिकल कलेजमा अध्ययन गरिरहेकी वैशाली सेठ्ठी गत मार्चमा भारत फर्केकी थिइन्। नोभेम्बर महिनादेखि उनी युक्रेनमै छिन्। सन् २०२१ को नोभेम्बर भन्दा पछि विदेशी कलेजमा भर्ना भएका विद्यार्थीले त्यसै कलेजबाट पढाइ पुरा गर्नुपर्ने नियम एनएमसीले बनाएपछि यसको विकल्प नै भएको उनी बताउँछिन्। दिल्लीको केही नजिकै रहेको फरिदावादकी उनी यसलाई आफ्नो बाध्यता भएको बताउँछिन्।

गत महिना भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार युक्रेनमा अध्ययन गरी रहेका मध्ये तीन हजार ९ सय ६४ जना विद्यार्थी अहिले युक्रेनभन्दा बाहिर रहेको विश्व विद्यालयमा अध्ययन गरिरहेका छन्। सुरक्षित क्षेत्रमा सरेका १ सय ७० विद्यार्थी अहिले युक्रेनमै अध्ययन गरिरहेका छन्।

मेडिकल काउन्सिलले जुन ३० जुन २०२२ भन्दा अघि पढाइ पुरा गरेका विद्यार्थीका लागि मेडिकल काउन्सिलबाट ग्य्राजुएसन हुने अवसर खुला गरेको छ। विदेशमा पढाइ पुरा गरे पनि उनीहरूले भारतमै पढ्नेसँगै लाइसेन्स परीक्षा दिएर सँगै काम गर्ने अवसर पाउने छन्।
अहिले युक्रेनमा फर्कनेका लागि भारतमा आएर काम गर्न अझ लामो दुरी पार गर्नु पर्ने हुन्छ।
उत्तरी भारतीय प्रान्तका दीपक कुमार युक्रेनमा फर्किएर पढाइ पुरा गर्न चाहन्छन्। तर, परिवारले दिएको दबाबका कारण उनी जान सकिरहेका छैनन्। परिवारले उनी सुरक्षित हुने कुरामा विश्वास गरिरहेका छैनन्।

भारतमा निजी कलेजमा फेरि अध्ययन गर्ने विकल्प पनि छ। तर, महंगो शुल्कका कारण यो पनि सम्भव देखिएको छैन। युक्रेन फर्कने पैसा पनि उनीसँग नभएका कारण बाबु जग्गा बेच्ने कुरा गरिरहेका छन्। भारतको निजी कलेजमा भन्दा युक्रेनमा शिक्षाको शुल्क सस्तो भएको कारण पनि अहिले धेरैको चाहना युक्रेन फर्कने नै भएको छ।

लवीव फर्केका ऋषि द्विबेदी अहिले फेरि भारत आउने योजनामा छैनन्। गएको महिना त त्यसरी फर्किएका हामी विद्यार्थी चर्चाको पात्र थियौं। अहिले मानिस यो सबै गर्न छाडी रहेका छन्। उनीहरूका जीवन सहज छैन। जब युद्ध सुरु हुन्छ उनीहरू फर्कनु पर्ने अवस्था पनि छ। अभिभावकलाई यसको जानकारी पनि गराइ सकेका छन्। यसका बाबजुद फर्कनु पर्ने बाध्यता छ।

अहिले युक्रेन फर्कने पनि एक वर्षअघि दुःख गरेर युक्रेनबाट फर्केको दृश्य सम्झने गरेका छन्। गत वर्षको मोर्चामा यसरी गरी भारत फर्कनेको थुप्रै लर्को लागेको थियो। गत वर्षको मार्चको मध्यमा नै १८ हजार विद्यार्थी युक्रेनबाट भारत फर्की सकेका थिए। त्यसै समयमा चिकित्सा शास्त्रको पढाइ सकिन तीन महिना मात्र बाँकी रहेका सरोज कुमारसमेत फर्किएका थिए।
भारतमा अहिले चिकित्सा शास्त्रको मोह बढ्दो छ। गत वर्ष १५ लाख जनाले चिकित्सा क्षेत्रमा अध्ययन गर्नका लागि आवेदन दिएका थिए। यी मध्येका ६ प्रतिशतले मात्र अध्ययनको अवसर पाएका थिए। त्यहाँको थिक ट्याङ्कका अनुसार प्रत्येक ११ मा एक जनाले अवसर पाउँथे।

रुस र युक्रेनबीचको युद्ध अझ लामो समय जान सक्छ। यसैबीच चिकित्सा शास्त्रको पढाइ सकेर गाउँमा सेवा गर्ने चाहना युवामा कायम नै छ। उनीहरूको यो सङ्घर्षलाई बहादुरीको रूपमा व्याख्या गरिएको छ। यो बहादुरीले सायद भारतीय चिकित्सा क्षेत्रमा धेरै सहयोग पुग्ने छ। उनीहरूको यो बहादुरी कदमले भारतको स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गर्नेछ।
स्रोत : बीबीसी

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : १२ बजे

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

इलाम– नेकपा एमाले इलामको अध्यक्षमा गणेशप्रसाद बराल निर्वाचित भएका छन्

गण्डकी प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जली अर्पण

कास्की– गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र

पर्यटकको पर्खाइमा म्याग्दीको जलजला क्षेत्र (तस्बिरहरू)

म्याग्दी- ठूलो जंगलको बिचमा घाँसे मैदान । आँखै अगाडी पुथा,

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी