बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसद्‌मा पेश हुँदै | Khabarhub Khabarhub

बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक संसद्‌मा पेश हुँदै


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधि सभाको आज बस्ने बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गर्ने तयारी गरिएको छ। आज (आइतबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । शनिबार बसेको सत्ता साझेदार १० दलको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन-२०७१ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको संसद् बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

शान्ति प्रक्रियासँग सम्बन्धित यी विधेयकलाई अघिल्लो संसदमै टेबल गरिएको थियो । तर त्यसमा थप छलफल आवश्यक परेको भन्दै संसदीय समितिमा फिर्ता गरिएको थियो । त्यहीबीचमा संसद् विघटन भएपछि विधेयक अलपत्र परेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ७ : ५० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’