कार्यपालिकालाई भकुन्डो बनाएर देशको विकास हुँदैन | Khabarhub Khabarhub

कार्यपालिकालाई भकुन्डो बनाएर देशको विकास हुँदैन

सरकार व्यक्तिमुखी भएर अगाडि बढेको छ


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

देशमा राजनीतिक र आर्थिक तरलता बढ्दो छ। यो आर्थिक व्यवस्था विश्वव्यापी रूपमा संकटमा रहँदा नेपाल पनि अछुतो छैन। राजनीतिले सबै कुरा सपार्दै लानुपर्ने हो। तर नेपालको राजनीतिमा त्यस्तो कुनै छनक देखिएको छैन। पछिल्लो चुनाव र त्यसपछि बनेको सरकारले त्यता तिर ध्यान दिन सकेको छैन। अहिलेको विश्व र नेपालको राजनीतिमा देखिएको आर्थिक तरलताको सुधार अब कसरी गर्ने ? हामीसँग भएका राजनीतिक दलको चेतना कसरी विकास गर्ने ? राष्ट्रपति, उपराष्ट्रपति जस्ता सबै पद व्यवस्थापनपछि मुलुकमा निकास हुन्छ ? यसो हुन सकेन भने हामीले के गर्ने ? यी र यस्तै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक एवम् ग्रामीण विकास विज्ञ प्राध्यापक डा. प्रेम शर्मासँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

देशको राजनीति कतातर्फ उन्मुख हुन खोजिरहेको छ ?
राजनीतिक प्रणाली तथा गतिविधि सबल पक्षतिर उन्मुख भएको स्थितिमा देशको विकास सकारात्मक रूपमा अगाडि बढ्छ। नेपालमा पछिल्लो समय आएर राजनीति उथलपुथलको कारणले धेरै असर पारेको छ। केन्द्रमा भएका असर र प्रभाव तलसम्म परेका छन्। यसले विकासको गति रोकिएको छ। स्थानीय तहबाट बाटोघाटो, सिंचाई, सडक निर्माण, कृषिमा सुधार भए पनि केन्द्रले चासो दिएको देखिँदैन। स्थानीय सरकारको नेतृत्वमा यस्ता कार्य पहिले हुँदै आएका हुन्। तर अहिले त्यो क्रमश हराउँदै गएको छ। अहिले जनता आशामुखी तथा नेतामुखी भएका छन्। जसले विकास निर्माणसमेत अवरोध गरेको छ।

देश बनाउने योजना कहाँ गएर रोकिएको छ, देश किन बनेन ?
राजनीतिक दल हाबी हुँदा विकास निर्माणका कार्य कुण्ठित भएका छन्। त्यस कारण देशको नीति अगाडि बढाउन नसकिने रहेछ। मतदाता आफूतिर आकर्षित गर्नको लागि सस्तो लोभ देखाएर जनतालाई विचल्लीमा पार्ने काम भएको छ। यसले देश निर्माणमा विचलन पैदा भएको छ। देशमा आन्दोलन र चुनावले जनतालाई अन्यौलमा पारेको छ। राजनीतिक दलले देश विकासका योजनालाई अलपत्र पारेका छन्।

यो राज्य सञ्चालनमा जहिल्यै अवरोध किन पैदा भएको छ ?
जनताले मंसिर ४ गतेको निर्वाचनमा कसैलाई बहुमत दिएका छैनन्। मतदान जसरी भएको छ त्यसरी नै राजनीति अगाडि बढ्ने हो। चुनावी परिणाम अनुसार नै गठबन्धनको सरकार बनेको हो। तर नेता जनताप्रति जिम्मेवार नबन्दा समस्या देखिएको छ। नेताहरू जनताप्रति जवाफदेही छैनन्। सरकार व्यक्तिमुखी नभएर जनतामुखी हुनुपर्छ। तर त्यो हुन सकेको छैन।

अहिले बनेको १० वटा दल २५ वटा मन्त्रालय यसलाई हामीले कसरी लिने ?
देश बनाउने विषयलाई भागबण्डाको दृष्टिले हेर्नु हुँदैन। दलहरु आफ्नो अंशमा के के पद पर्छ भन्ने कुराको खोजीमा लागेको देखिन्छ। क्षमता, आवश्यकता के हो भन्दा पनि राजनीति पक्षमा सबल भएर र देशलाई कुन रूपमा अगाडि बढाउने भनेर जानुपर्ने हुन्छ। अहिलेको नेकपा (एमाले) र कांग्रेस मिलेर गएमा मात्र देश विकास हुनेछ। नत्र भने साँचो माओवादी केन्द्रको पक्षसँग रहेको छ। त्यसले राजनीतिलाई एक प्रकारको खेलका रूपमा अगाडि बढाएको छ। सिद्धान्त बिनाका अन्य दलको कुनै अर्थ देखिँदैन।

आफूले पाएको फल कसले खाँदैन र ?
त्यो पाएको भन्दैमा वा निःशुल्क पायो भन्दैमा अलकत्रै खानुपर्छ भन्ने छैन। आफ्नो हैसियत अनुसार हातहाल्नु पर्ने हुन्छ। दिगो राजनीति गर्न खोजेको तथा आफ्नो आत्मपरक राजनीति गर्न खोजेको हो। त्यसमा फरक पर्न जान्छ। जनतामुखी हो भने जनता केन्द्रित हुनुपर्छ। दल केन्द्रित हो भने यही रूपमा निरन्तर जाँदा हुन्छ।

किन समीकरण हरेक महिना परिवर्तन हुने अवस्था आयो ?
नेतासँग व्यवस्थाको कुनै अभ्यास नै छैन। यो देशमा शक्ति पृथकीकरणको सिद्धान्तको सामान्य ज्ञान पनि छैन। अहिले कार्यपालिका सम्पूर्ण कुरालाई भकुन्डो बनाएर खेल्ने चलन छ। न्यायपालिका भकुन्डो भइसकेकै छ। सदन खोल्ने अनि बन्द गर्ने यो पाराले राज्य कसरी चल्छ ? राज्य चलाउने प्रणाली भएको छैन।

विश्वासको मतको पछाडिको खेल के हुनसक्छ ?
अझ नाजुक रहन्छ। देश वि.सं. २०५१/५२ को स्थितिमा जान्छ। सरकार परिवर्तन त भएको छ र यो काठमाडौँ रिङरोड भित्र मात्र रहेको छ। यही क्षेत्र वरिपरि यही वरपर चलखेल रहेको छ। ठूला दलहरूले संयततापूर्वक यो राजनीति अन्यौलताको निकास निकाल्नु पर्ने हुन्छ।

स्थिरता तिर उन्मुख हुनको लागि दललाई के ले छेकेको छ ?
शक्ति दलसँग छ। त्यसलाई निकासको रूपमा हेर्नुपर्ने हुन्छ। जनताले खोजेको प्रविधि पुरा गर्न सक्नुपर्ने हुन्छ। काम राम्रो गर्नुपर्छ। त्यसमा सबैले मानेका हुन्छन्। सामाजिक कार्यमा राजनीतिक दलका नेता सक्रिय हुनुपर्छ। नेताले पनि आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउनुपर्छ।

देशको परिवर्तनका लागि कहाँबाट के सुरु गर्ने ?
काम गर्नुपर्ने सत्ता पक्षबाट हो। त्यसमा नेकपा (एमाले) र नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण हुन्छ। जनताले जसलाई बढी विश्वास गरेका छन् उनै नेता जिम्मेवार बन्नुपर्ने देखिन्छ। नेपाली जनतामा भएको मौजुदा, संविधान, कानुन ऐन भित्र भएको मौलिक अधिकार अभ्यास गर्नुपर्छ। जिम्मेवारी पाएपछि आफ्नो आवधिका योजनाको कार्यान्वयनमा अग्रसर हुनैपर्छ।

राजनीतिमा अब आशा नगर्दा पनि हुन्छ ?
एकदम सही हो। राजनीतिलाई सुधार गर्नु आवश्यक छ। काम गर्ने शैलीलाई बदल्नुपर्छ। विचौलीया अन्त्य गर्ने नीति सरकारले अंगिकार गर्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : २१ बजे

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको