इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन  « Khabarhub

इङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङवा हाइड्रोपावरको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि भने आईपीओमा २० चैतसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेमा समयअगावै निष्कासन तथा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। उक्त हाइड्रोपावरले २९ फागुनमा  दुई चरण गरेर आईपीओ निष्काशित गरेको थियो । 

पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।

स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । दोश्रो चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।

उक्त आईपीओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउपालिका-३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ११ : ०० बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी