लक्ष्यअनुसार धान खरिद गर्न सकिएन | Khabarhub Khabarhub

लक्ष्यअनुसार धान खरिद गर्न सकिएन


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्राथमिक खरिद समितिको निर्णय झन्झटिलो भएकोले यसवर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । 

नेपाल सरकारले सो कार्यालयलाई यसवर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म ३० लाख १६ हजार १७४ मूल्य बराबरको ९६४ दशमलव २५ क्विन्टल धान मात्र खरिद गरेको छ । संघीय सरकारले यसवर्ष सो कार्यालयलाई किसानहरूसँग सोना मन्सुली धान प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँमा खरिद गर्न निर्देशन दिएको छ । 

कृषि ज्ञान केन्द्र धनुषाको प्रमुख शंकर साहको संयोजकत्वमा गठित समितिले धान खरिद गर्दा किसानहरूले जग्गा धनीको लालपुर्जा र बैंकमा खाता खोलेको हुनुपर्ने नियम अनिवार्य लागू गरेपछि किसानहरूले झन्झटिलो प्रक्रियाको कारण खाद्य व्यवस्थालाई धान नबेची निजी व्यापारीलाई धान बेचेकाले यसपालि लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारी रामपुकार मण्डलले बताए ।

 अघिल्लो आर्थिक वर्षमा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको १६ हजार ६६८ क्विन्टल धान खरिद भएको थियो । स्थानीय गल्ला व्यापारीले किसानहरूसँग उधारोमा धान खरिद गर्दा किसानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्दा नगदमा रकम आउने गरेको भएपनि यसवर्ष धान बिक्री गर्ने प्रक्रिया झन्झटिलो भएकोले आधिकांश किसानहरू मारमा परेका छन् । 

जबकि अरु जिल्लामा रहेको सो कार्यालयहरूले एउटा किसानसँग बढीमा ६५ क्विन्टल सम्म धान खरिद गरेको देखिन्छ । यसवर्ष जिल्लामा १ लाख ७६ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १२ : ०९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत