इक्वेडोर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु « Khabarhub

इक्वेडोर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक इक्वेडोर र पेरुमा गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ । शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा परी अरु चार सयभन्दा बढी घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

इक्वेडरको मचला र कुएन्का शहरमा भवन भत्केका छन् । भत्केका भवनका भग्नावशेषमा सवारी साधन समेत पुरिएको बताइएको छ । केही सवारी साधन कुच्चिएका छन् ।

भूकम्प गएपछि भयभीत बासिन्दा सडकमा दौडिएका थिए । भूकम्पका कारण एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ३० बजे

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको

रास्वपा वाचापत्र : विज्ञ मन्त्री बनाउने प्रस्ताव कार्यान्वयन हुन्छ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनावी बाचापत्रमा संघीय सरकारमा

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड : ‘विश्वासको सम्मान’

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना

किरण गुरुङ भन्छन् : लज्जास्पद हारको जिम्मा नेतृत्वले लिनैपर्छ, अन्टसन्ट कुरा गरेर उम्किन पाइँदैन

काठमाडौं- नेकपा एमालेका नेता किरण गुरुङले फागुन २१ को निर्वाचनमा

इरानको दाबी– इजरायली गोप्य एजेन्सीको कार्यालय र दुईवटा एयरबेसमा हमला

तेहरान- इरानले ड्रोनमार्फत इजरायलका दुईवटा एयरबेस र गोप्य एजेन्सीको मुख्यालयमा