नेकपा एसमा जिम्मेवारी हेरफेर, घनश्याम महासचिव, बेदुराम उपाध्यक्ष, चार उपाध्यक्ष सचिवालय सदस्य मनोनित « Khabarhub

नेकपा एसमा जिम्मेवारी हेरफेर, घनश्याम महासचिव, बेदुराम उपाध्यक्ष, चार उपाध्यक्ष सचिवालय सदस्य मनोनित


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री घनश्याम भुसाल ने‍कपा एकीकृत समाजवादीको महासचिवमा मनोनित भएका छन् ।

एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीले एमाले परित्याग गरेका भुसाललाई महासचिवमा नियुक्त गरेको हो ।

आइतबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले भुसाललाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।

महासचिवको जिम्मेवारीमा रहेका बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनित गर्दै बैठकले घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको हो ।

साथै बैठकले उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : ५२ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका