सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेमकिपा सांसद सुवालको आपत्ति « Khabarhub

सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेमकिपा सांसद सुवालको आपत्ति


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले सभामुख देवराज घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले एमाले, कांग्रेस र माओवादीले जत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्न भाग खोजेको भन्ने सभामुख घिमिरेको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘सभामुखको एउटा न्युज आएको छ । एमाले, कांग्रेस, माओवादीजत्तिकै चित्रबहादुर केसी, प्रभु साह र प्रेम सुवालले बोल्नलाई भाग खोज्यो रे, सभामुख महोदय त्यसरी यहाँबाट व्यक्त नभएको हुनुहुपर्छ । मैले पनि त्यो भ्वाइस सुनेको हो । यहाँको होइन होला सभामुख महोदयको । त्यो हुनुहुँदैन यस्तो अभिव्यक्ति,’ सुवालले भने, ‘बोल्नुपर्छ संसदमा । कति लाख खर्च हुन्छ आजको संसद चलाउन ? यदी जनताको विषय यहाँ बोल्न नपाउने हो भने संसद चलाउनुको अर्थ छैन, औचित्य छैन । दार्चुलामा महाकाली मिचिएको विरोध गर्दैनौँ भने यो संसदको काम के ? त्यसकारण संसद बोल्नका लागि हो ।’

साथै पत्रकारबारे सभामुख घिमिरेको अभिव्यक्तिबारे पनि उनले ध्यानाकर्षण गराउँदै पीत पत्रकारिता गर्ने को को हुन् छानबिन गर्न समिति गठन गर्न माग गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : २१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका