पार्टी बलियो बनाउन सुदृढीकरण अभियान : नेतृ घर्ती « Khabarhub

पार्टी बलियो बनाउन सुदृढीकरण अभियान : नेतृ घर्ती


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बनेपा- नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जयपुरी घर्तीले पार्टी बलियो बनाउनका लागि सुदृढीकरण अभियान थालेको बताएकी छिन ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेपलान्चोक जिल्ला कमिटीको  छैठौंँ जिल्ला भेला तथा सम्मान कार्यक्रममा उनले पार्टी सङ्गठनलाई अभियानमार्फत सक्रिय बनाउने क्रममा रहेको बताइन् ।

उनले अभियानमार्फत सक्षम, स्वच्छ र इमानदार नेतृत्व स्थापित गर्दै जाने बताइन् । मालिक र मजदुरलाई छुट्टयाउन नसक्दा मजदुर आन्दोलन कमजोर बन्दै गएको उल्लेख गर्दै उनले मजदुर नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिइन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले मजदुरको बलमा प्राप्त भएको अधिकारलाई संस्थागत गर्नु जरुरी भएको बताइन् ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घका उपमहासचिव प्रकाश श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासङ्घ बागमती प्रदेशका अध्यक्ष शिव पोख्रेललगायतले श्रम ऐन कार्यान्वयन गर्न र सामाजिक सुरक्षा कोषमा मजदुर वर्गलाई जोड्न सरकारसँग माग गरे । छैठौँं जिल्ला भेलाबाट राजन अधिकारीको नेतृत्वमा ३५ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : २० बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका