दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु « Khabarhub

दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ ।

घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३६५७ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै