नेपाली महिला टोली भारतसँग ६ विकेटले पराजित | Khabarhub Khabarhub

नेपाली महिला टोली भारतसँग ६ विकेटले पराजित


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।

विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए)लाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो ।

भारतीय क्रिकेट एसोसिएसनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो । चार खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ४९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना