नेपाली महिला टोली भारतसँग ६ विकेटले पराजित « Khabarhub

नेपाली महिला टोली भारतसँग ६ विकेटले पराजित


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगरमा जारी प्रथम रेडमन्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएसन छ विकेटले विजयी भएको छ ।

विराटनगर–६ स्थित मेल्बन ज्वाला क्रिकेट खेल मैदानमा भएको प्रतियोगितामा भारतको क्रिकेट एसोसिएसनले नेपाल क्रिकेट क्लब एन्ड एकाडेमी (विसिसिए)लाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दशमलव २ बलमा सबै विकेट गुमाई ९७ रन बनाएको थियो ।

भारतीय क्रिकेट एसोसिएसनले १९ दशमलव १ बलमा ४ विकेट गुमाई लक्ष्य हासिल गरेको थियो । चार खेलको शृङ्खला १–१ को बराबरी भएको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले भारतलाई ९ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ४९ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन