लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी « Khabarhub

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए ।

सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भए । अनेरास्ववियुका रोशन परियार ४९ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सगुन अधिकारीले भने ४९ मत ल्याए ।
कूल १ सय १९ मत खसेकोमा नेविसंघबाट सदस्यमा किरण श्रेष्ठ, तीर्थराज थापा, मनिषा थापा विजयी भएका छन् ।

समानुपातिकतर्फ सदस्यहरुमा हसना मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ४१ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा