लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी « Khabarhub

लमजुङको मातृभूमि क्याम्पसमा नेविसंघको प्यानलै विजयी


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको सुन्दरबजारमा रहेको मातृभूमि बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेपाली कांग्रेस निकट नेविसंघको प्यानलै विजयी भएको छ ।

आइतबार साँझ सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम अनुसार सभापतिमा नेविसंघका विशाल थापा ७१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी अनेरास्ववियुका शंकर बसौलाले ४७ मत ल्याए ।

सचिवमा नेविसंघका अभिषेक पौडेल ६९ मत ल्याएर विजयी भए । अनेरास्ववियुका रोशन परियार ४९ मत ल्याएर पराजित भए । कोषाध्यक्षमा नेविसंघका ज्योति सार्की ६७ मत ल्याएर निर्वाचित भएका छन् । अनेरास्ववियुका सगुन अधिकारीले भने ४९ मत ल्याए ।
कूल १ सय १९ मत खसेकोमा नेविसंघबाट सदस्यमा किरण श्रेष्ठ, तीर्थराज थापा, मनिषा थापा विजयी भएका छन् ।

समानुपातिकतर्फ सदस्यहरुमा हसना मियाँ, सुस्मिता सापकोटा, बन्दना वस्ती, सविना तामाङ, मनिष पौडेल र विज्ञान कोइराला निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ४१ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका