मलम्पारमा पहिलो पटक बस पुग्यो « Khabarhub

मलम्पारमा पहिलो पटक बस पुग्यो


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ को मलम्पारमा आज पहिलो पटक बस पुगेको छ ।

धवलागिरि–६ को मराङ–राम्चे, बुल हुँदै मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध१ख ११७ नंको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारवासीले फूलमाला लगाएर स्वागत गरेका छन् ।

गाउँमा पहिलो पटक बस आएपछि मलम्पारवासीले खुसियाली मनाएका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हँुदै वडा नं ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको छ ।

गत वर्ष मराङ हँुदै बुल र मल्कवाङदेखि दैडाडामा पुगेको सडकलाई यसपालि जोडेर वडा नं ५ र ६ को चक्रपथ बनाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए।

“मलम्पारबाट सडकलाई वडा नं ६ को बुल जोडेर चक्रपथ बनाइएको छ”, उनले भने, “मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु २५ लाख र प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएको थियो ।” यसपालिको बजेटबाट पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको छ ।

सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङसम्मको करिब एक घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका एक सय ५० घरधुरी यो सडकबाट लाभान्वित भएको वडाध्यक्ष अमर छन्त्यालले बताए ।

मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडीबुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : २२ बजे

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय