गाउँलेको स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स सेवा « Khabarhub

गाउँलेको स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स सेवा


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउनका लागि स्ट्रेचरको बढी प्रयोग हुने गरेको थियो । तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ ।

स्थानीय तहहरूले समेत दुर्गमका नागरिकहरूलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले एम्बुलेन्सको व्यवस्थापन गर्न थालेसँगै यो समस्या हट्दै जान थालेको हो । स्थानीय तहहरूमा जनप्रतिनिधि आएसँगै क्रमिकरूपमा नागरिकलाई पनि स्वास्थ्य उपचारका लागि पहुँच पुग्दै गएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङको भनाइ छ । उनले भने, “स्थानीय तहहरूमा अहिले आएर एम्बुलेन्सको सुविधा छ, जसले गर्दा समस्यामा परेका बिरामीहरूलाई तत्काल स्वास्थ्य संस्थासम्म लैजान सहज भएको छ ।”

भोजपुरमा हाल जिल्ला अस्पतालका साथै भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिकालगायत सबैमा अहिले एम्बुलेन्स सेवा सञ्चालनमा छ । विगतमा जस्तो बिरामीहरूलाई अस्पताल पुर्याउन अहिले जिल्लाका ग्रामीण क्षेत्रहरूमा पनि समस्या छैन।

भोजपुर नगरपालिकाले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन ठाउँअनुसारको शुल्क निर्धारण गरेर सेवा दिँदै आइरहेको छ । भोजपुर–८ का वडाध्यक्ष नवीन प्रधानले भने, “विगतमा सडकको पहुँच पनि नहुनु र स्थानीय तहहरूमा समेत साधनको व्यवस्थापन हुन नसक्दा दुर्गमका नागरिक सबै न्दा बढी मारमा थिए, तर अहिले गाउँबाट पनि स्ट्रेचरको विकल्प एम्बुलेन्स बन्न थालेको छ ।”

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले पनि रेडक्रस उपशाखा अन्नपूर्णलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रस उपशाखा अन्नपूर्णको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान र पालिकाको आर्थिक सहयोगमा खरिद भएको एम्बुलेन्स पालिकाले रेडक्रसलाई हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भने, “आवश्यक मापदण्डसहित एम्बुलेन्स सञ्चालनका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।” गाउँपालिकाका अध्यक्ष बस्नेत र उपाध्यक्ष रमा राईले संयुक्तरूपमा एम्बुलेन्सको चाबी रेडक्रसलाई बुझाउनुभएको छ । गाउँपालिका उपाध्यक्ष राईले पालिकाभित्र एम्बुलेन्स सञ्चालनका लागि आवश्यकरूपमा पालिकाको समेत सहयोग हुने बताए ।

एम्बुलेन्स सेवा सञ्चालनमा पर्ने आर्थिक समस्या समाधानका लागि डाली कोषको समेत सुरुआत गरिएको छ । सो कोषका लागि स्थानीयवासी गोविन्द मुकारुङले रु २५ हजार, टङ्कप्रसाद रेग्मीलेरु २५ हजार, पालिका अध्यक्ष बस्नेतलेरु २५ हजार, स्थानीयवासी जीवन किराँतीले ११ हजार एक सय ११ र केदार अधिकारीले रु १० हजार सहयोग गरेका छन् । गाउँपालिकाका अध्यक्ष बस्नेतले नियमितरूपमा एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग गर्न सबैलाई आग्रहसमेत गरे।

डाली कोषमा सङ्कलन भएको रकम मुद्दत्ती खातामा जम्मा गरी सो रकमको ब्याजबाट खर्च गरिने रेडक्रस उपशाखा अन्नपूर्णले जनाएको छ । गर्भवती र ज्येष्ठ नागरिकलाई एम्बुलेन्स प्रयोग गर्दा लाग्ने भाडामा भने छुट गर्ने व्यवस्थामा लागेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १० : ३७ बजे

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा

भदौ २३ मा जेन-जीको प्रदर्शनअघि प्रधानमन्त्री र गृहमन्त्री लेखकबीच के कुरा भएको थियो ?

काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेन-जी प्रदर्शनअघि प्रधानमन्त्री

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

धादिङ– धुनीवेशी नगरपालिका-८ खानीखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

सरकार र जेन-जीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक