नवलपुरका विभिन्न वनका ५३ स्थानमा डढेलो « Khabarhub

नवलपुरका विभिन्न वनका ५३ स्थानमा डढेलो


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न वनका ५३ स्थानमा डढेलो लागेको छ । फागुनयता ती स्थानमा डढेलो लागेको हो ।

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार हाल दुई हजार छ सय ५० हेक्टरमा डढेलो लागेको छ । डढेलो लागेको क्षेत्र बढ्न सक्ने उनले बताए । “फागुनभन्दा चैतमा यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको पाइएको छ”, उनले भने । धेरैजसो क्षेत्रमा आगो नियन्त्रणमा आएको गौतम बताउँछन् । “अहिले थप केही क्षेत्रमा डढेलो लागेको सूचना प्राप्त भएको छ”, उनले भने ।

डढेलो नियन्त्रणका लागि समय समयमा यस सम्बन्धी कार्यक्रम वन कार्यालयले गर्ने गरेको छ । सामुदायिक वनले हेरालु राख्ने गरेका छन् । उनीहरुले अग्नि नियन्त्रण समूहसमेत बनाएका छन् । आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रनेलगायत धारणाका कारण स्थानीयले आगो लगाउने गरेको पाइएको गौतमले बताए ।

“पहिला–पहिला खोरिया फाँड्न वनमा आगो लगाउने चलन थियो, हाल यस्तो गरेको पाइँदैन”, उनले भने । डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । धुवाँले आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या आउनेलगायत स्थिति रहेको मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत  छविलाल सुवेदीले बताएका छन् । चस्मा प्रयोग गर्ने, बेला–बेलामा चिसो पानीले आँखा धुने, मास्क लगाउनेजस्ता उपाय अपनाउन उनले सबैमा आग्रह गरेका छन् । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर वन रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ०२ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ