वायु प्रदूषण, यसको असर र बच्ने उपाय « Khabarhub

वायु प्रदूषण, यसको असर र बच्ने उपाय


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्युएयरले सार्वजनिक गरेको सूचीमा काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको पहिलो नम्बरमा परेको छ। वायु प्रदूषणले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम उच्च बढाउने चिकित्सकले बताएका छन्। काठमाडौंको धुलाम्मे सडकको कारण मानिसमा दमलगायत श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगका बिरामीको संख्या दिनानुदिन बढिरहेको चिकित्सकको भनाइ छ। काठमाडौँको सडक विस्तार तथा फोहोर महिला व्यवस्थापनमा भएकोकमीको कारणले अधिकांश मानिसमा दम, कडा प्रकारको रुघाखोकी, सास फेर्न गाह्रो हुनेलगायतका समस्या देखिँदै आएको छ। वायु प्रदूषणका कारणले स्वास्थ्यमा के कस्तो असर गर्छ ? प्रदूषणबाट कसरी जोगिने ? यिनै विषयमा आधारित भएर खबरहबका लागि छाती रोग विशेषज्ञ डा.रवि महतसँग गरिएको कुराकानीको सम्पादित अंश :

वायु प्रदूषण किन बढिरहेको छ ?
पछिल्लो समय बढ्दो औद्योगीकरण र सहरीकरणको कारणले वायु प्रदूषण उपत्यकामा दैनिक रूपमा बढिरहेको छ। यसले भौतिक रूपमा नै सबैलाई असर गर्दछ। मानवदेखि लिएर समस्त प्राणीमा प्रत्यक्ष रुपमा असर गर्छ। वायु प्रदूषणले मानव शरीरमा तत्कालीन र दीर्घकालीन रूपमा असर गर्दछ। घरबाट बाहिर मात्र प्रदूषण हुने होइन। घर भित्र पनि दाउराको धुवाँका कारण प्रदूषण धेरै हुन्छ। चुरोटको धुवाँ पनि एक प्रकारको प्रदूषण हो। जंगल फडानी लगायतका कार्यबाट पनि प्रदूषण हुन्छ। वायु प्रदूषण बढ्नाका कारणमा बढ्दो सहरीकरण, सवारी साधनको अत्यधिक प्रयोग, पुराना सवारी साधन विस्थापित गर्न नसक्नु, कलकारखाना मानव बस्ती नजिक हुनु, फोहोर मैला जथाभावी फाल्नु, घरवरपरको धुलो र धुवाँलाई नियन्त्रण गर्न नसक्नु, किटनाशक औषधिको जथाभावी प्रयोग गर्नु लगायतका कारणले हुने गर्दछ।

वायु प्रदूषणका तत्कालीन र दीर्घकालीन असर के के हुन्छन् ?
वायुमण्डलमा विभिन्न कण ,रसायन र हानिकारक ग्यास हुन्छन्। ती हानिकारक कण र ग्यासले तत्कालीन रूपमा छाला बेसरी चिलाउने, नाक चिलाउने, आँखा रातो हुने सम्मका समस्या हुन्छन्। साथै हावामा नै प्रदूषण हुने हुँदा श्वासप्रश्वासमा र फोक्सोमा पनि धेरै असर गर्दछ। दीर्घकालीन असरमा : वायु प्रदूषणको कारण हामीले सास फेर्दा हावामा भएका साना र ठूला कण घाँटीमा अड्किने हुन्छन्। यसरी अड्किएका कणले गर्दा घाँटी चिलाउने र खोकी लाग्नेसम्म हुनसक्छ। यस्ता साना कणहरू भित्र फोक्सोमा पुग्दा सीओपीडी दमले सताउने गर्दछ। यी कणहरू फोक्सोबाट रगतको नली हुँदै पुरै शरीरमा फैलिन्छन्। जसले गर्दा हृदयाघात हुने खतरा एकदमै हुन्छ।

यो अवस्थामा अस्पताल पुगिएन भने कस्तो जोखिम हुन्छ ?
सामान्य रूपमा रुघाखोकी लाग्यो वा सामान्य समस्या भएको हो भने त्यो केही समयमा आफै निको हुँदै जान्छ सुरुमा रोग सामान्य हुन सक्छ। उपचार गर्ने बित्तिकै र सामान्य उपचारमा पनि निको हुनसक्छ। समय बढ्दै जाँदा विभिन्न दम रोग हुँदै जाने र फोक्सोमा क्यान्सरसमेत हुनसक्छ। त्यसैले आफ्नो शरीरमा केही असजिलो भयो भने तुरुन्त अस्पताल जानु पर्दछ।

वायु प्रदूषणबाट बच्ने उपाय
– बाहिर हिँडडुल गर्दा मास्कको प्रयोग गर्ने,
– मानव बस्तीको बीचमा उद्योग र कलकारखाना नखोल्ने,
– व्यवस्थित सहरीकरणको विकास गर्ने,
–पुराना सवारी साधन हटाउने र नयाँ सवारी साधनको चेकजाँच गरेर अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालनमा ल्याउने,
– वनजंगल फडानी नगर्ने र वृक्षारोपण गर्ने कार्यमा प्रोत्साहन गर्ने,
– सडकको गल्ली, खोलानाला, नदी, ताल, आदिमा फोहोर मैला फाल्न प्रतिबन्ध गर्ने,
– ढल निकासको उचित व्यवस्था गर्ने,
– इन्धनको रूपमा प्रयोगमा जोड दिँदै दाउरा, कोइलाको सट्टा, गोबर ग्यास, विद्युत् शक्ति र सौर्य ऊर्जाको प्रयोगमा जोड दिने,
– कुनै समस्या भएमा तातो पानीको सेवन मात्र गर्ने,
– बाहिर हिँड्दा धेरै बाहीरका खानाहरु नखाने,
– पुरा शरीर ढाक्ने खालका कपडा लगाएर हिड्ने,
– बाहिर हिँड्दा छाताको प्रयोग गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : १० बजे

आरोही हरि बुढामगरको जीवनी पाठ्यपुस्तकमा राख्न माग

काठमाडौँ – आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको

बिन्दाबासिनी कंशाकार महिला तथा सामाजिक समितिको सदस्यमा मनोनीत

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिन्दाबासिनी कंशाकार

विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारको अनुमति

काठमाडौँ– सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको

बालेनलाई ब्रसेल्स जान सरकारको स्वीकृति

काठमाडौँ – संघ सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ।