१६ वर्ष पछि एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा  « Khabarhub

१६ वर्ष पछि एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब एसी मिलान १६ वर्ष पछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो । मंगलवार राती सम्पन्न क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेको भए पनि समग्रमा २–१ को जीत निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो ।

पहिलो हाफको ४३औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए । दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् तर खेल सकिनै लाग्दा ९०औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

तर, यसअघि भएको खेलमा एसी मिलानले १–० को अन्तरले विजयी भएको हुँदा सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : १२ बजे

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ