आजको प्रतिनिधिसभा बैठकमा एउटा मात्रै कार्यसूची « Khabarhub

आजको प्रतिनिधिसभा बैठकमा एउटा मात्रै कार्यसूची


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकका लागि एउटा मात्रै कार्यसूची तय गरिएको छ।

संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले एउटा मात्र सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

यद्यपि बैठकको आकस्मिक समय, शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राख्न सभामुखले समय दिन सक्नेछन् ।

मंगलबार बोलाइएको राष्ट्रिय सभाको बैठक भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : १३ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार