आईपीएलमा मुम्बईको लगातार तेस्रो जित | Khabarhub Khabarhub

आईपीएलमा मुम्बईको लगातार तेस्रो जित


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो जित निकालेको छ।

गए राति राजीवगान्धी क्रिकेट स्टेडियममा सनराइजर्स हैदरावादविरुद्धको खेलमा मुम्बई इण्डियन्स १४ रनले विजयी भएको हो ।

हैदरावादको भने यो दुई जित पछिको हार हो । पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दि म्याच चुनिए ।

सनराइजर्स हैदरावादका लागि मार्को यानसेनले दुई विकेट लिए ।घरेलु मैदानमा १९३ रनको विजय लक्ष्य पछ्याएको हैदरावादको टिम १९.५ ओभरमा १७८ रनमा अलआउट भयो । हैदरावादका लागि मयंक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए ।

यो जितसँगै मुम्बई अंक तालिकाको छैटौं स्थानमा पुगेको छ भने हैदरावाद नवौ स्थानमा छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ३२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : १५ औँ महाधिवेशनको मितिमा बहस

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनको

प्रचण्डको आरोप : चारवटा बिहे गरेको भनेर ओलीले मदन भण्डारीको बदनाम गरे

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका

जेन-जी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार

यस्तो छ उज्यालो नेपालको प्रतिबद्धता पत्र, सदस्यता लिन २ सय तिरे पुग्ने  

काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङले दर्ता गराएको उज्यालो नेपाल पार्टीले, समावेशी

म्यानमाको आम निर्वाचनमा महिलाको सहभागिता बढ्दै

एजेन्सी– म्यानमाको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्को सूचना टोलीका अनुसार