संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे सहमति जुटेन « Khabarhub

संवैधानिक परिषद् बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे सहमति जुटेन


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संवैधानिक परिषद्को बैठक सकिएको छ।

लामो समयदेखि रिक्त प्रधानन्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढाउन आज बिहान बसेको बैठक निष्कर्षमा नपुगी टुंगिएको हो।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको कानूनमन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकपछि पत्रकारलाई जानकारी दिएका छन्।

प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री खड्का सहभागी थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : १२ बजे

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको