सेयर बजारमा १५.१३ अंकको वृद्धि | Khabarhub Khabarhub

सेयर बजारमा १५.१३ अंकको वृद्धि


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से सुचकमा १५.१३ अंकले उकालो लागि १९२०.१२ विन्दुमा आएर रोकिएको छ। 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २.८५ अंकले बढेर ३६५.९० विन्दुमा पुगेको छ। बुधबार नेप्से सुचकको १६७ कम्पनीमा वृद्धि भएको छ । ४१ कम्पनीमा ओरालो लागेको छ भने १२ कम्पनी स्थिर रहेको छ ।

यसअघि मंगलबार नेप्से सूचक ३ अंकले घटेर १९०४ विन्दुमा अडिएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर खरिद बिक्री हुँदा ८७ करोड २१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ। यसको ८ करोड ८३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंक र एनआइसि एसियाको ३ करोडभन्दा बढीको कारोबार भएको छ।  १३ उपसूचकहरु मध्ये म्युचुअल फण्ड बाहेक सबै उपसुचकहरूमा उकालो लागेको छ । 

बुधबारको कारोबारमा कालिनचोक दर्शन, मोलुङ हाइड्रो पावर र गुरास लघुवित्त वित्तीय संस्थाको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यसैगरि ९.५ प्रतिशत एनसिसि ऋणपत्र र सामलिंग पावर कम्पनीको ८ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ३ : ५९ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको