विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागूऔषध कोकिन १ केजी ८० ग्रामसहित भारतीय नागरिक ५१ वर्षीय रविन्द्र कुमार पाराशरलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त झोला केनियाका नागरिक ६३ वर्षीया महिलासँग लिएको भन्ने खुल्न आएपछि काठमाडौँ ठमेलस्थित होटल ट्राभलर्स होमबाट ती महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका-६ विद्यानगर शारदा मावि नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १६ ग्राम १० मिलिग्रामसहित सोही नगरपालिका-९ रतनपुर बस्ने २० वर्षीय जीवन भण्डारी समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-४ कौवापुर खल्लाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय शमिर अधिकारी र २४ वर्षीय प्रकाश ओली रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ४८० मिलिग्रामसहित सोही नगरपालिका-१ लम्की बस्ने २३ वर्षीय राजु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकाे मेचिनगर नगरपालिका-१३ चारआलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका अठारकट्ठे बस्ने २६ वर्षीय आकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-१० मियाँबस्ती बस्ने ३१ वर्षीय मेसरु मियाँलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ४ : ५४ बजे

बाढीपहिरोमा तीन विदेशीको मृत्यु भएको पुष्टि, पाँचजना घाइते

काठमाडौं- गत असोज ११ र १२ गते देशका विभिन्न भागमा

‘व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा

खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत

चैनपुर– तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत

प्रथम अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी – पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम

जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं– सनथ जयसूर्या श्रीलंकाको पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त भएका छन्