भारतको जम्मु कश्मीरका १० वर्षे बालकले बनाए ‘इन्क्युबेटर मेसिन’ « Khabarhub

भारतको जम्मु कश्मीरका १० वर्षे बालकले बनाए ‘इन्क्युबेटर मेसिन’


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरका एक बालकले अण्डाबाट चल्ला उत्पादन गर्ने नयाँ ‘इन्क्युबेटर मेसिन’ को विकास गरेका छन् । जम्मु कश्मीरको कुलगामका १० वर्षीय बालक मोमिन इशाकले यस्तो मेसिनको विकास गरेका हुन् ।

हाल कक्षा २ मा अध्ययनरत इशाकले दुई वर्षको प्रयासपछि यस्तो ‘इक्युबेटर’ मेसिनको विकास गरेका हुन् । उनले विकास गरेको मेसिनले भविष्यमा पोल्ट्री व्यवसायलाई किफायती बनाउने अपेक्षा गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार स्थानीय कुखुरा व्यवसायी र साना किसानहरूलाई फाइदा होस् भन्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । आफूले बजारमा रंगीन चल्ला देखेपछि इन्क्युबेटर बनाउने सोच आएको उनले जानकारी दिए ।

मोमिनका बुबा मोहम्मद इशाक तेली भने यति सानो उमेरमा आफ्नो छोराले इन्क्युबेटर विकास गरेकोमा दंग छन् । उनले आफ्नो छोराले यस्तो मेसिन बनउन कडा मेहनत गरेको सुनाए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : १३ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२