एसीसी प्रिमियर कपमा युएई विजयी « Khabarhub

एसीसी प्रिमियर कपमा युएई विजयी


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा युएईले कुवेतलाई पराजित गरेको छ । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा युएईले कुवेतलाई एक सय ४३ रनले पराजित गरेको हो ।

युएईले दिएको ३७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २२८ रनमा समेटियो । कुवेतका लागि सायद मोनिबले ३६ बलमा ६८ रन बनाए भने प्रविन्दर कुमारले २६ बलमा ५३ रन बनाए । कप्तान मोहम्मद अस्लामले ३६ बलमा ३३ रन बनाए । 

युएईका लागि जुनेद सिद्धिकी र कार्तिक मैयप्पनले समान ३-३ विकेट लिए भने जाहोर खान, रोहन मुस्ताफा, सचित शर्मा र आयान खानले समान १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल बनाएको थियो ।

युएईका लागि वृत्य अरविन्द र रोहन मुस्तफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए ।

त्यस्तै मुस्तफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुसप्रविन्द्र कुमारले दुई-दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक-एक विकेट लिएका थिए । 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३० बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको